द ग्रेट नरेन्द्र मोदीका दश बिशेषताहरु

– राजेन्द्र प्रसाद पाठक

झण्डै सत्तरी वर्ष अगाडी बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतमा धैरै प्रधानमन्त्रीहरु फेरीए होलान । गङ्गामा धेरै पानी बगी सकेको छ । संसारको सबै भन्दा ठुलो लोकतान्त्रीक देश भनिएता पनि विकाशका क्रममा भने खासै महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकी रहेको थिएन । अठारौं शताब्दीमा भए गरेका विकाशलाई तुलना गर्ने हो भने रेलमार्ग र सामान्य अन्य उपलब्धि भए जस्तो देखिएता पनि ति सबै जसो बेलायती उपनिबेश कालमा नै सम्पन्न भै सकेका थिए भन्दा फरक परोईन । आज सम्म भारतको विकाश गती जती हुनु पर्ने थियो त्यती हुन नसकी रहेको अवस्थामा अनायास भारतले आफ्नो एक्काईसौं सताब्दीको विकाशे रुप बदल्न लागेको छ । त्यसको सँपूर्ण श्रेय विकाश प्रेमी नेता भारतीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदीलाई नै जान्छ ।

वेलायती उपनिबेश पछि भारत तिन टुक्रा भयो । कालान्तरमा भारत , पाकिस्तान र बंगलादेश यसैको समग्र रुप थियो । जातिय र धार्मिक अन्र्तरबिरोध नै यसो हुनुको प्रमुख कारक मानिन्छ । आज सम्म पनि त्यसको छनक यि तिनै देशमा देख्न र सुन्न पाईन्छ । जनता जनता बिच यती धेरै अन्र्तर बिरोध छिमेकी देशमा देख्दा देख्दै पनि हाम्रा देशका केही जातिय क्षेत्रिय नेता भनौदाहरु यसै गराउनमा उद्यत देखिन्छन् । त्यसैले उनिहरु देश र जनताका हितमा छैनन् भन्ने बिषयमा जनता स्वयं जानकार भै सकेका छन् । जसरी भारतमा पनि राजनीतीका नाममा सत्तामा पुग्ने दाउ मात्र खेली रहेका नेता र तिनका कथित पार्टीहरु किनारा लागी सके पछि नै नरेन्द्र मोदी जस्तो विकाश प्रेमी , जनप्रेमी महान राष्ट्रवादी नेताको उदय भएको छ । आज त्यसैको परिणाम स्वरुप भारतले जापान जस्तो उन्नत मुलुकलाई विकाशे मित्र बनाई अत्याधुनिक बुलेट रेल सेवाका लागी शिलान्यास कार्यक्रम जापानी प्रधानमन्त्री सिन्जो आवेको हातबाट सामुहिक रुपमा सम्पन्न गरेको छ ।

यातायात क्षेत्रका संसारको उच्चतम् प्रविधी ठहर भै सकेको सो प्रविधीले भारतलाई र भारतवासी सम्पूर्णलाई जीवनको कायापलटका खातिर अति महत्वपूर्ण साधन बन्नेछ । नरेन्द्र मोदी द ग्रेट भनिनुमा केही खास कारणहरु छन् । पहिलो, उनि अत्यन्तै राष्ट्रवादी नेता हुन् यसमा कसैको दुईमत नरहला । दाश्रो, अत्यन्तै जनवादी र प्रभावशाली नेता हुन् । तेश्रो, अति विकाशवादी चरीत्र हावी छ उनीभित्र त्यसैले मुलुक बनाउने उनको पहिलो सर्त हो । चौथो, पार्टी र दल बिशेषलाई भन्दा देश र जनतालाई उनी बढी प्रेम गर्दछन् । पाँचौें, देश र जनताप्रति बढी सर्मपित भएका कारण उनलाई थकान महसुस हुँदैन । छैटौं, भारतलाई पहिलो श्रेणीको राष्ट्र बनाउने पहिलो र अन्त्तिम सर्त हो उनको । सातौं, छिमेकी र मित्र राष्ट्रहरु प्रति प्रगाढ सम्बन्ध बिस्तार हुनु पर्दछ भन्ने धारणा आफैमा वशुधैव कुटुम्वकम् भन्ने सोचले ओतप्रोत छ । आठौं ,उनको आत्म विश्वास सबै भन्दा बलियो छ । नवौं ,उनी भित्र बहुआयामिक ब्यत्तित्व अन्र्तनिहीत छ । दशौं, उनी शुन्य आत्मकेन्द्रीत सोच भएका नेता हुन् । यसका अलावा उनी भित्र अन्य धेरै अनुशरण योग्य सोच शैलीहरु छन् ति सबै विस्तारमा ब्याख्या बिश्लेषण गर्दै गरौंला तर यती कुराको आधा मात्रै योग्यता क्षमता हाम्रा देशका नेतागणमा पाउन सकियो भने देश बिकाश हुन समय लाग्ने छैन ।

हामीले हाम्रै देशका नेताहरुलाई द ग्रेट भन्ने उपामा दिन पाउने थियौं । जे होस दक्षिण एसियामा बिकाशको चरम लहर ल्याउन सफल हुनु भएकोमा मादीप्रति पुःन आभार प्रकट गर्न चाहन्छौं । भारतमा बुलेट ट्रेन आउँदै गर्दा हामी भने कोईला गाडीको लिक बिस्तारमा छौं । जम्मा सत्तरी किलो मिटरको लिकमा चलाउने गाडी समेत हामी संङ्ग अभाव छ । हामी संङ्ग सबैथोक भएर पनि हाम्रा नेतृत्व संङ्ग माथी उल्लेखित बिशेषताका कमीका कमजोरीका कारण जुनसुकै राजनैतिक परिबर्तनका बाबजुद राष्ट्रप्रेमी र जनप्रेमी हुन सकि रहेका छैनौं । स्मरण रहोस् अबको युवा नेतृत्वले यि सबै बिशेषताहरुलाई अनुशरण र आत्मसाथ गर्न सकोस् । अस्तु ।