काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने हो । उक्त प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यक्रम छ ।
बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने छन् । आजकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ ।
सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछिको प्रतिनिधिसभाको यो दोस्रो बैठक हो । यसअघि गत आइतबार प्रतियिनधिसभा बैठक बसेको थियो । आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए ।
170
Shares