दिल्ली नगर निगममा आम आदमी पार्टीको बहुमत

एजेन्सी । भारतको दिल्ली नगर निगम ९एमसीडी० मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ। चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएको छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ।

दुई सय ५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले एक सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले एक सय चार वडामा विजय हासिल गरेका छन। यस्तै कंग्रेसले नौ सिट र अन्य स्वतन्त्रले तीन सिट जितेका छन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको थियो ।