- नेपाल शिक्षक संघ ओखलढुंगाले आफ्नो नबौ महाधिबेशनको उद्घाटन भव्यताका साथ संपन्न गरेको छ।
नेपाली कॅाग्रेसको शुभेक्षुक संस्था नेपाल शिक्षक संघ ओखलढुंगाले यहि फाल्गुण २० गते नेपाल शिक्षकसंघ ओखलढुंगाका अध्यक्ष नारायण बस्तोलाको अध्यक्षतामा नेपाली कॅाग्रेसका केन्द्रीय सदस्य तथा संघिय प्रतिनिधि सभाका सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा झण्डै एकहजार जना शिक्षक र अन्य बिभिन्न पार्टिका प्रतिनिधि,शुभेच्छुक संथाका व्यक्तिहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न गरेको हो।
कार्यक्रममा गत सम्पन्न तिनै तहको निर्वाचनमा नेपाली कॅाग्रेसको तर्फबाट बिजयीहुने बिभिन्न पालिकाका अध्यक्ष,उपाध्यक्ष, नगरपालिकाका मेयर तेजेन खनाल तथा शिक्षक संघमा आबद्द भइ गत स्थानियतहको निर्वाचनको कुनैपनि पदमा निर्वाचित पुर्व शिक्षक,समन्वय प्रमुख,उपप्रमुख लगायत संघिय संसदमा निर्वाचित रामहरि खतिवडा प्रदेश सांसद प्रदिप कुमार सुनुवारलाई बधाई तथा अभिनन्दन गरेको छ।कार्यक्रममा माननिय रामहरि खतिवडा,प्रदिप कुमार सुनुवार,जिल्ला सभापति तेजेन्द्र खनाल,शिक्षक संघका केन्द्रीय नेता गोकर्ण वानिया,पार्टी उपसभापति नवराज केसी,कमल तमाडं,अजय लुइटेल,राजकुमार ढुंगाना,रुद्र प्रसाद अधिकारी,कुमार लुइटेल,सविता राई,बाला अधिकारी लगायतका बिभिन्न वक्ताहरुले लोकतन्त्र बचाउनको लागि बिगतका दिनदेखि नेपाल शिक्षक संघले पुर्याएको योगदान अविस्मरणिय छ।तेसैले यो संस्थालाई बचाइराख्न नेपाली कॅाग्रेस एकजुट भएर अगाडिबढ्नु पर्दछ।हाम्रो समाज संग प्रत्यक्ष सरोकार राख्ने भएकोले शिक्षक पेशा अन्य पेशा भन्दा संवेदनशिल रहेको छ।शिक्षकको भूमिका विद्यार्थीहरुमा मात्र सीमित छैन् । विद्यार्थीहरूलाई सिकाउनु बाहेक, जिम्मेवारीहरूको बारेमा सचेत गराउनु र उनीहरूलाई समाज निर्माण गर्न सक्षम बनाउनु शिक्षकको जिम्मेवारी रहेको छ।हाम्रो समाज परिवर्तनको जति कुरा गरेपनि त्यो समाजमा असल शिक्षा छैनभने परिवर्तन हुन सक्दैन तेसैले शिक्षाको गुणस्तर बृद्दिमा शिक्षक संघ अव्वल सावित होस भन्दै शिक्षक संघको नवौ अधिवेशनको सफलताको शुभकामना दिएका छन।उद्घाटन सत्रको अन्तमा नेपाल शिक्षक संघका वर्तमान अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष नारायण प्रसाद वास्तोलाले कार्यक्रममा सहभागि सबैलाइ धन्यबाद दिदै सहमतिको आधारमा आगामि नेतृत्व चयन हुने कुरा बताए।
158
Shares