एन आर एन लाइ चुनाब लाग्यो,परिवारवाद मा संगठन नफसोस,

गैर आवासिय नेपाली संघ(एनआरएनए)को चुनाबले यतिखेर काठमाडौ धपक्कै बलेको छ । बिश्वभर छरिएर रहेका प्रवासी नेपालीहरु आफना नेता छान्न यतिखेर काठमाडौ आाइपुगेका छन ।

प्रवासको बिश्वासिलो साझेदार संस्थाका रुपमा चिनिएको एनआरएनमा निर्वाचन लागेपछि उमेदबारहरु आआफनो प्रचार प्रसारमा जुटेका छन । केहि एनआरएनएका नेताहरु भने राजनितीक दलमा समेत हार गुहार गर्न पुगिसकेका छन । राजनिती भन्दा फरक र प्रवासमा साझा संस्था एनआरएन पनि भित्रि राजनितीको नजानिदो शिकार बन्न पुगेका छ । यतिखेर एनआरएनएको अध्यक्षमा सबेभन्दा बढि चर्चा र केन्द्रबिन्दु बनेका छन वर्तमान उपाध्यक्ष तथा जापानका ब्यवशायी भवन भट्ट ।

एनआरएनएको प्रारम्भदेखिका अभियन्ता भवन भट्ट अहिलेसम्म देखिएका अध्यक्षका लोकप्रीय उमेदबार हुन । उपाध्यक्ष्यमा भने कुृमार पन्त ,सोनाम लामाको चर्चा चुलिएको छ भने खगेन्द्र जिसी ,कुल आर्चाय लगायतको नाम पनि अगाडि आएको छ ।

महासचिबमा बद्रि केसी र अर्जुन श्रेष्ठको प्रतिस्पर्धा निकै कडा देखिएको छ भने सचिबमा गणेश केसी, महेन्द्र लम्साल, जानकी गुरुड, टीबी कार्कीको चर्चा सुनिएको छ । युवा संयोजकमा सुदन थापाको चर्चाले बजार तातेको छ । प्रतिस्पर्धामा अन्य रहेपनि एनआरएनएको मुख्इ चासो भनेकै अध्यक्ष पद भएकोले सबैको निगाह त्यसैमा टिकेको छ । भवन भट्टको नाम एकोहोरो मैदानमा आएपछि दुइ कार्यकाल खाएका अध्यक्ष शेष घलेले आफ्नी धर्मपत्नी जमुना गुरुङलाई अगाडि सार्ने संकेत देखिएको छ । आफना कार्यकालमा गरेको कामको जस अरुले लिने भएप्छि शेष घलेले आफ्ना श्रीमतीलाई मैदानमा ल्याएको अनुमान लगाइएको छ । जमुना घलेको नाम आएप्छि बिश्वभरवाट काठमाडौ आएका एनआरएनका पार्षदहरु नाताबादको पगरीमा एनआरएनए बेरिने डरले त्रस्त भएका छन । अविछिन्न उत्तराधिकारीको संस्थाका रुपमा रहेको एनआरएनएलाई कतै कर्पोरेट संस्था बनाउने हो की भन्ने डरले सहभािगहरु भवनलाई जिताएरै अगाडि बढने मुडमा देखिएका छन ।

घलेको नेतृत्व सफल भएपनि पछिल्ला केहि हरकत संस्था बिरोधी र ब्यक्तीबादी अनि चाकरीमा मात्र देखिएपछि स्वयं अस्ट्रेलियाका भोटरपनि त्रस्त देखिएका छन । शेष दाइले निकै राम्रो काम गर्नुभयो,एनआरएनको उचाइ बढाउनुभयो ,। हामीलाई गर्व लागेको थियो तर अहिले आएर भाउजु लडाउने उहाको इच्छा हो भने त्यो सरासर गलत हो यसले उहाले कमाएको इज्जत पानीमा मिल्ने छ, अस्ट्रेलियाका एक भोटरले बताए ।

यसरी एनआरएनका पछिल्ले नेतृत्वमा जान राजनितीक भरयाङ चढने इच्छाले पनि केहि ब्यक्तीत्वहरु लागि परेका छन । यो राम्रो कुरो होइन । कांग्रेसले आज एनआरएनको सवालमा होटल दियालोमा भेटघाट राखेको छ । पार्टी सभापती शेर बहादुर देउबा र महामन्त्री शंसाक कोेइरालाले त्यहा डमोक्रयाट उमेदबारको लागि संकेत गरिने आशा गरिएको छ । यदी अस्ट्रेलियाका डमोक्रयाटहरुले समेत शिकार भएको अवस्थामा जमुना घललेलाई उठाउने निर्णय गरे पार्टिको ह्वीप बिपरीत बिद्रोह गर्ने तयारीमा रहेको समेत असट्रेलियाका कांग्रेश समर्थकहरुले बताए ।