वीरगञ्ज, असोज २७ । हिन्दूहरुको महान् चाड तिहारपर्व नजिकिँदै गर्दा तिहारलाई लक्षित गर्दै तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।
नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गर्दछन् । तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनरुवा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।
क्यारियरवालाले भारतको रक्सौल लगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैया लगायतका नेपाली बजारसम्म पु¥याए बापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको बताइएको छ । ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।
अतिप्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् ।