निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने

विराटनगर, कात्तिक ७ । मंसिर २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारीका सम्बन्धमा मंगलबार सर्वदलीय भेलाको आयोजना गरिएको छ । निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा निर्वाचन व्यवस्थित, भयरहित र निष्पक्ष वातवरणमा सम्पन्न गर्ने विषयमा सरोकार वालाहरुबीच छलफल भएको थियो ।

भेलामा आचारसंहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनीतिक दलले पालना गर्नुपर्र्ने आचारसंहिता एवं निर्वाचन सम्बन्धी गतिविधिका विषयमा छलफल भएको थियो । मोरङका प्रजिअ रामप्रसाद आचार्यले निर्वाचन भयरहित एवं निष्पक्ष बनाउन चार वटै सुुरक्षा निकायलाई परिचालन गरिएको बताए । मोरङका मुुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुुकुुमार खतिवडाले निर्वाचन आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुुख नरेश पोखरेलले संघीय निर्वाचनलाई सफल बनाए मात्र संविधान कार्यान्वयन हुने बताए । भेलामा राजनीतिक दलका नेताले आचारसंहिता कार्यान्वयनमा निर्वाचन कार्यालयको ध्यान दिनुपर्ने बताउँदै स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकाले यसतर्फ विशेष ध्यान पुु¥याउन निर्वाचन कायालयलाई आग्रह गरेका थिए ।

आयोगका क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । मोरङ जिल्लामा नेपालकै सबैभन्दा बढी छ लाख ४४ हजार ७८२ मतदाताहरु रहेका छन्