उम्मेदवार शाहले बचाए सुत्केरीको ज्यान 

– बद्री पन्त

जाजरकोट, कार्तिक २६ । जाजरकोटमा प्रतिनिधी सभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । शाहले उच्च रक्तश्रावबाट पिडित कुशेगाउपालिका ८, रिजापहाडाकी ३० बर्षीय चन्द्रादेवी रोका मगरलाई हेलिकप्टरद्वारा नेपालगन्ज पठाएर ज्यान बचाएका  हुन् ।

१८ घण्टा सम्मको लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्याइएको हो । मगर ९ दिन अघि दुर्गम गाउ रिजापहाडा स्थित घरमै असुरक्षित सुत्केरी भएकी थिईन् । प्रतिनिधी सभाका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन । चुनावी अभियानको क्रममा रिजापहाडा देखि २५ कोस टाढाको जुनिचुदे गाउपालिकामा रहेका शाहलाई फोन मार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भन्ने खबर भएपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतले बताए । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतले बताए  ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३/४ घण्टा भित्र थप रगत उपलब्ध नभए ज्यान जाने खतरा भएको भन्ने स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न वाध्य भएको बस्नेतले बताए । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुूचसम्म पुर्याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्याउन थप ७/८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलीकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो । शाहले पोखराबाट ३ घण्टा भित्र हेलिकप्टर बोलाउदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको थियो । ४ सन्तानकी मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिंदा उच्च रक्तस्राव भएको हो ।

सुत्केरी पछि उच्च रक्तश्राव हुन्छ भन्ने नै थाह नभएको पति अमरले बताए । सुत्केरीको सामान्य रक्तश्राव होला भनेर ९ दिनसम्म हेलचक्राूईं गर्दा अप्ठेरोमा परेको उनले बताए । ‘शाहले आफ्ने खर्चमा हेलिकप्टरको ब्यबस्था नगरेको भए म गरीवले महङ्गो खर्च ब्यहोरेर पत्निलाई बचाउन सक्ने संभावना नै थिएन,’ उनले भने । ‘मेरो श्रीमतीका लागि शाह भगवान नै भए । शाहको यो गुण कसरी तिर्ने ?’ अमरले भने ।