काठमाडौँ, मंसिर २३ । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा आजदेखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ । आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् ।
उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन मेला उपयोगी हुने बताए।
मेलामा नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एण्ड एस्ट्रोनोटिक्स, ज्याङसु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी, सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, सान्दोङ नर्मल युनिभर्सिटी र चाइना युनिभर्सिटी अफ जिओ साइन्सेसबाट डीन, सहायक डीन र कार्यक्रम संयोजक आफैँ उपस्थित छन् । मेलामा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी हुने फ्रेस स्टार्ट एजुकेशन कन्सल्टेन्सीका निर्देशक दीपेश रेग्मीले जानकारी दिए
0
Shares
Share on Facebook