मोरङ, २८ । विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मोरङद्वारा विराटनगरमा आयोजित प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहेका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले जनताको विश्वासको कदर गर्दै अब विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।
मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ– उनले भने, मोरङ क्षेत्र नं २ (१)का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता हो । त्यस्तै मोरङ क्षेत्र नं २ (२) का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने भन्दै समस्या ब्यूँताउने भन्दा समस्या हल गर्ने तर्फ आफु लाग्ने बताएका छन् ।