काठमाडौं, पुस ३ । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ ।
आजको पहिलो उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिस्पर्धा भइरहेको छ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पेट्रियट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । पहिलो ब्याटिङ थालेको पेट्रियट्सले दोस्रो बलमा एक विकेट गुमाइसकेको छ । पहिलो बल चौका हानेका पवन सर्राफ दोस्रो बलमा बोल्ड आउट भए ।
काठमाडौं किङ्स इलाभेन कप्तान समेत रहेका सोमपाल कामीले सर्राफलाइ बोल्ड गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागीता रहेको छ ।
0
Shares