काठमाडौँ, पुस ११ । नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्याउने समयावधि थप गरेको छ । रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले बताएका छन् ।
एकजिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पुर्याउन पर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजी सम्बन्धी नयाँ व्यवस्था अनुसार दुई वर्षको अवधि दिएको थियो ।
0
Shares
Share on Facebook