काठमाडौँ, पुस १२ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको समीक्षा बैठक सम्पन्न भएको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी गराए । “
अहिले सरकार गठन भन्दापनि समानुपातिकको नामावली टुङ्गो लगाउनेतर्फ बैठक केन्द्रित भएको छ, त्यो टुङ्गो लागेपछि मात्रै सरकार गठनबारे छलफल हुनेछ”– उनले भने । आजदेखि शुरु भएको बैठक बिहीबार पुनः बस्न्ने झाले जानकारी गराए ।
0
Shares
Share on Facebook