राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने सूचना तथा सञ्चारमन्त्री बस्नेतले बताएका छन ।
मन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जनाएका छन् ।
उनले संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित नहुने बताएका छन् । मन्त्री बस्नेतले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको प्रष्ट पारे ।
मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै दल एक ढिक्का भएर लाग्नुपर्ने भन्दै उनले संविधानको मर्म अनुसार सबै वर्ग र समुदायको भावना समेटी यसको कार्यान्वयन गर्नु दलहरुको जिम्मेवारी रहेका कुरामा जोड दिएका छन् ।
0
Shares