समाजको विकास कुनै राजनीतिक सिद्धान्त नहुँदा पनि भएको थियो । विकास र कानुन तथा सुरक्षाका माध्यमहरु बदलिए पछि समाजका परम्पराहरु र धर्मका मान्यताहरु पनि बदलिनु पर्दछ । विकासले सबै प्रकारका सामाजिक सम्बन्धहरुलाई फरक बनाउन सक्दछ । कम्युनिष्ट पार्टीको घोषणा पत्रमा लेखिएको छ कि – परिवारको अन्त्य आवश्यक छ । परिवारको औचित्य विकासको चरणमा अन्त्य हुन सक्दछ तर त्यो विकासको परिणाम हुनु पर्दछ । सिद्धान्तको परिणामको रुपमा र जनतालाई परिवार र सन्तानबाट जबर्जस्ती बिमुख गरेर होइन । कसैलाई शत्रु मानेर होइन, बरु जनतामा राम्रो कार्य गरेर जनतामा नै प्रभाव पारेर मतको माध्यमद्वारा सरकारमा जाने र अझ बढी जनताको हित गरेर जनताबाट नै बारम्बार परीक्षण गराएर अरु विचारहरुप्रति पनि असहिष्णु नभएर गरिने राजनीति नै जनहितकारी हुन सक्दछ ।
कुनै समयको विचारलाई अहिले पनि उस्तै रुपमा राम्रो हो भन्ने राजनीतिले जनतालाई धोका दिने हुन्छ ।
विकासको कारणले कतिपय अन्याय र अत्याचारहरु तथा पहिला ठीक हुन सक्ने तर अहिले गलत देखिएका परम्परालाई अन्त्य गर्न सकिन्छ । एउटा मात्र उदाहरण दिंदा पनि पहिला कानुनको प्रष्ट व्यवस्था नहुँदा धर्मको आधारमा समाजलाई चलाउँदा महिलामाथि बाहिरी समाजमा अन्याय हुने, गलत कार्य हुने गरेकोले महिलालाई बचाउनको लागि बाहिर ननिस्कने परम्परा र कानुन बनेका हुन सक्दछन् । उनीहरुले मुख देखाउँदा बलिया र दुराचारीहरुले उनीहरुलाई अन्याय हुने, गलत कार्य हुने गरेकोले महिलालाई बचाउनको लागि बाहिर ननिस्कने परम्परा र कानुन बनेका हुन सक्दछन् ।
उनीहरुले मुख नदेखाउँदा बलिया र दुराचारीहरुले उनीहरुलाई अन्याय गर्न नसक्ने थिए । तर अब विकासले त्यो अवस्थालाई अन्त्य गरिदिएको छ । अब महिलालाई घरमा राख्ने, मुख लुकाएर बस्ने कुरा गर्नु महिला विरोधी हो । त्यसैले धर्म र संस्कृति तथा राजनीतिलाई पनि विकाससंग जोड्नु पर्दछ । धर्मका पुराना कुराको परिवेश नहेरी अनुशरण, परम्पराको अनुशरण तथा राजनीतिका सिद्धान्तहरुको अनुशरण होइन बरु अहिले विकास र समानतालाई जोड दिने र त्यसैको परिणामलाई व्यवस्थित गर्नु नै समाजको हितमा हुन्छ । कुनै समयको विचारलाई अहिले पनि उस्तै रुपमा राम्रो हो भन्ने राजनीतिले जनतालाई धोका दिने हुन्छ । त्यसबाट बच्ने एउटा मात्र उपाय भनेको जनतामा राम्रो गरेको आधारमा जनताले मत दिने र दलसमेतलाई छान्ने, अन्याय र अत्याचार गरेर पनि डरको भरमा मत नदिने कार्य तथा प्रत्याभूति कमसेकम समाजको आवश्यकता हो । विचारसंग अवस्थाको तुलना गर्नु पनि हो ।