लोकतान्त्रिक पार्टी नेतृत्वको, अलोकतान्त्रिक चरीत्र

प्रकाश खनाल

काठमांडौ, पुस ३० । राजनीति रूपमा २०७४ नेपाली काँग्रेस पार्टीलाई अफाप शिद्द भयो भन्दा फरक नपर्ला । काँग्रेस स्वयंको नेतृत्वको सरकारले गराएको निर्वाचनबाट पार्टीले दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो । यद्यपि नयाँ संविधान कार्यान्वयन संगसगै मुलुक समृद्धिको बाटो मा अगाडि बढेको छ र समग्रमा देशले जितेको महसुस जनताले गरेका छन् । यश अर्थ मा काँग्रेसले पनि जितेको मान्नुपर्छ । यो सबै हुनुमा नेतृत्व कर्ताको भुमिका अहम् रहने हुँदा, यसको जस अपजस स्वभाविक रुपमा काँग्रेसलाई नै जान्छ ।

यो बेलामा,निर्वाचन परिणामबाट रन्थनिएका,एउटा जिवन्त पार्टीका कार्यकर्ता र समर्थक भित्र , उत्पन्न आक्रोशको भाषालाई नेतृत्वले राम्रोसँग बुझ्न सक्नुपर्छ । कार्यकर्ता र समर्थकको भावना अनुसार चल्न र चलाउन पनि जान्नुपर्छ । यसको ठिक उल्टो, नेतृत्वका केही,पृष्ठपोशकहरुले मिडियामा गरेका सार्वजनिक अभिव्यक्ति मा ,पार्टी को पराजयलाई स्वीकार सम्म गर्ने हिम्मत गरेका छैनन् । हार र जित लोकतन्त्रको सुन्दर पक्ष हो । हारलाई स्वीकार गर्नु र आगामी दिनमा कमजोरीलाई सच्याउदै जानू लोकतन्त्रको जीवन पद्धति हो ।

समानुपातिक मतको परिणामलाई मात्रै हेर्ने होइन । त्यो भन्दा अगाडि कम्युनिस्ट गठबन्धन बिना नै सम्पन्न स्थानीय तह निर्वाचन परिणामलाई पनि समिक्षा गर्न जरुरी छ । निर्वाचन परिणाम र त्यसपछिका दिनमा नेतृत्व तहमा देखिएका गतिविधिका कारण ,अहिले कार्यकर्ता बिचमा झन्झन् निराशा ,कुण्ठा र अन्तद्र्वन्द सृजना गराएको छ । अलिकति जनता ले भरोसा गरेका,भोलि हुने हुनामी जे होस् हाललाई अत्यन्तै चर्चित लोकप्रिय नेता चन्द्र भण्डारी बिश्वप्रकाश ,गगन ,गुरु,बद्री ,धनराज,प्रदीप आदि युवा नेताहरुले तल्लो तहका कार्यकर्ता समर्थकका भावना बुझेका हुन कि जस्तो देखिन्छ । तर यिनिहरुको प्रयासलाई मुल नेतृत्वले त्यति रुचाएको देखिदैन । यसकारण समयमा यो समस्याको समाधान तर्फ नलाग्ने हो भने, अझै यो भन्दा ठुलो दुर्घटना ननिम्तिएला भन्न सकिदैन ।

वास्तवमा आफुलाई जन्मजात लोकतान्त्रिक पार्टी भन्ने काँग्रेस पार्टीको मुल नेतृत्वको लोकतन्त्र बिपरितका चरित्रले आलो घाउ माथी झन् नुन चुक लगाउने काम भएको छ । यदि उनले लोकतान्त्रिक मुल्य, मान्यतालाई आत्मसात गर्थे भने निर्वाचन परिणाम जे जस्तोसुकै किन नआओस् त्यसलाई सहजै स्वीकार गरेर, सम्पुर्ण पार्टी कार्यकर्ता, समर्थक,मतदाता, र निर्वाचन सम्पन्न गराउनमा प्रत्येक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै,बिजयी उम्मेदवार र पार्टीलाई बधाई दिनु पथ्र्यो र लज्जास्पद ढंगबाट पराजय भैसके पछि त पार्टीको जिम्मेवारीबाट समेत अलग हुनु थियो । यद्यपि निर्वाचन प्रक्रिया अझै टुङ्गि सकेको छैन ।

त्यो निर्वाचन आयोगले गर्ने कानुनी पाटो होला । तर मतदाताले त आफ्नो निर्णय गरिसकेका छन्, परिणाम बाहिर आइसकेको छ । पार्टी कै पराजित उम्मेदवार हरुले निर्वाचित उमेदवारहरुलाई त्यतिनै बेला विजयको माला पहिर्याएर बधाई पनि दिइ सकेका छन,भने राजनैतिक रूपमा धन्यवाद र बधाई दिन किन कन्जुस्याइँ गर्नु पथ्र्यो र ?