काठमाडौं, माघ २ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेबारेमा आन्तरिक तयारीमा लागेका छन् । त्यसका लागि उनले आज पार्टीका प्रभावशाली नेताहरूसँग पनि छलफल गरेका हुन् ।
छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न सक्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
0
Shares