काठमाडौं, माघ २ । नेपाली काँग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरको हो ।
माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिमा केन्द्रीत हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक पहिलो चरणमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित रहने र त्यसलगत्तै समसामयिक राजनीतिक विषयवस्तुहरुले बैठकमा प्रवेश पाउने प्रवक्ता शर्माले बताए ।
0
Shares