नेपाली फिल्म उद्योगमा बढेको अश्लिलताले हरेक हप्ता रिलिज हुने फिल्ममध्ये ६० प्रतिशत बढि फिल्म परिवारमा बसेर हेर्न सक्ने अवस्था छैन । जसका कारण मोटो लगानीमा बनेको फिल्मले आफनो लगानीसमेत उठाउन नसकेरै हलबाट बाहिरिन बाध्य छन । तर यो क्रमले निरन्तरता पाउदाँ यस्ता दृश्य समेटिएका चलचित्रले नाम होइन निर्मातालाई बदनामी दिलाएको चलचित्र विश्लेषकहरुको ठहर छ । । बिशेषता व्यसायिकताका लागी भन्दापनि चर्चाका लागी रातारात हिट हुने लालशाले नायिकाहरुका अश्लिल दृश्य पस्कने होडमा सामेल हुँदा यस्ता चलचित्रले व्यवसायीक सफलता भन्दा पनि बदनामीको बाटो समातेको उनिहरुको ठहर छ ।
हुनत यस अघिपनि यस्ता कामुक दृश्यमार्फत फिल्म हिट बनाउने लालशाले छिरेका निमार्ता निर्देशकको कमि थिएन । तर चपली हाईटमा अश्लिलताको पाराकाष्ट चुलियो । फिल्ममा प्रस्तुत दृश्यका कारण दर्शक हल भित्र छिरे ्र
त्यसो त नेपाली फिल्म उद्योगमा झाँगिएको अश्लिलताको पारकाष्ट भनेकै फिल्मको मुख्य भूमिका रहेकी नायिकालाई सकेजति नङग्याउनु हो । यो यात्रामा एकैपट हामफालेकी नायिका हुन सुमिना घिमिरे केही वर्षअघि दुलहीबाट फिल्मी यात्रा सुरु गरेकी घिमिरेले रातारात हिट हुने लोभमा अंग प्रदर्शनको बाटो रोजिन । यहि लालसासहित स्टार, लभ फरेभर, नाइन ओ क्लक, अप्रिल फुललगायतमा कामुक अवतारमा देखिएकी घिमिरेलाई फिल्मले नाम भन्दा बदनाम बनाएपछि अहिले फिल्मवृतबाटै विस्थापित भएकी छन ।
चपली हाइटको सफलतापछि यौनलाई प्राथमिकता दिई फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढ्यो । बोल्ड दृश्य दियो भने विनीता बरालजस्तै हिट भइन्छ भन्ने लहड चल्यो । तर, न त्यस्ता फिल्म व्यापारिक रूपमा सफल भए, न हिरोइनको करिअर उचाइमा पुग्यो । बरु धेरैलाई सकेसम्म फिल्ममा नागिंनुपर्छ भन्ने सिकाएकी बराल नै अहिले गुमनाम छन ।
कथा बिनिता र सुनिमाको मात्रै होईन सुजाता सिटौलादेखि सुष्मा कार्कीसम्म कामुकताका नाममा उत्तेजक दृश्यलाई प्रश्रय दिने हिरोइनका रुपमा फिल्म क्षेत्रमा झुल्किएर पल्टिएका नायिकाका रुपमा चिनिन्छन । बरु यिनले पस्केका अश्लिल दृश्यका कारण अहिलेसम्म पनि दर्शकमाझ आलोचित नै छन ।
यहि होडमा केहि मिनेट दौडेका अरुणिमा लामा र शशी खड्काको पनि अहिले म्युजिक भिडियोमा बाहेक ठुलोपर्दामा अत्तोपत्तो छैन । अरुणिमाले दर्शकलाई स्वाद दिन खोजेको भन्दै बेड सिन र चुम्बनका दृश्य मात्र होइन, पछाडीको शरिर पुरै नांगैं (ब्याकलेस न्युड) दृश्य दिईन । तर उनको नाङ्गो शरिर पनि बिकेन । बरु अहिले देश नै छाडेर हिडेका छन ।
यसो त केही भोजपुरी फिल्मा काम गरेकी सोनिया केसी पनि नेपाली चलचित्रमा नागिंंएरै आउन खोजेपनि चर्चित त भईन व्यसायिक यात्रा बिक्न सकिनन । उनको अधर चुम्बनले चर्चामात्रै बटुल्यो । तर अश्लिल बनेर फिल्ममा जम्ने प्रयास भने फेल खायो ।
यसो त अहिले चलचित्रमा भन्दा पनि केही स्टेज प्रोग्राममा मात्रै देखिने सुष्मा कार्की पनि अश्लिल दृश्यकै कारण नेपाली चलचित्रमा चर्चामा आईन ।
ब्याच नम्बर १६ मा अर्पण थापासँग चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि हट केक बनेकी कार्की लै छातीमा हानेको टाटु बेच्ने कम्ता प्रयास नगरेकी होईनन । चुम्बन गरिन, बेड सिन दिईन, पुरै आफ्ना भित्रि अंग पानीमा भिजेका कपडामार्फत छर्लङगै देखाईदिईन तर उनको जवानी दाममा बिक्यो तर काममा बिकेन । यसो त सुष्माका अंग बेचेर केही कमाएको बिन्दास १ का कारण बिन्दास २ मा अनिशा गुरुङले हौसिदैं लुगा खोलिन ्र तर हेर्ने दर्शकको ध्यान भने तानेन । बरु आपत्तिजनक दृश्यलाई प्रश्रय दिएको भन्दै उनलाई सार्वजनिक स्थलमा बहिष्कार गर्नेसम्मका आवाज उठे ।
नेपाली फिल्म उद्योगमै सबैभन्दा बढि बदनामी कमाएको एटीएमका तीन अभिनेत्री जिया, सविना, र सोनिया शर्मालाई त झन बाटोमा देख्ने दर्शकले समेत ढुङ्गा उठाउन थाले ।
दिनेश थापालाई आफ्नो स्तन समात्न दिने जिया केसी भद्दा र घिनलाग्दो संवादका कारण दर्शक उनिसँग यतिसम्म चिढिए कि बाटो मा कहि कतै जियाको फोटोमात्रै देख्दापनि कालो पोतेर छाडिदिए । उनिसँगै सविना र सोनियाको भद्दा बेड सिनले उनिहरुको करिअरमा पूर्णविराम लगायो । तर नेपाली फिल्म उद्योगमा अश्लिलताको पाराकाष्ट नाघ्न सक्ने जियाले एटीएमपछि पनि बर्बाद, जिगोलो, रङ वेजस्ता फिल्ममा उत्तेजक दृश्य दिने मौका त पाईन जसले उनले टेकेको बाटो समेत पखाल्न दर्सकलाई बाध्य बनायो ।
यसबाहेक नेपाली फिल्ममा आफ्नै गोप्य अंग बेचेर टिक्न खोज्ने बबी रोजा र स्मिता थपलियाका फिल्म रिलिजअगाडि नै बदनामको सिकार भए ।
मोनिका दाहाल, प्रनिशा सिलवाल, महिमा सिलवाल, सीमा केसीदेखि सम्झना प्याकुरेलसम्मका अंग देखाएर हिट हुने अभिलाषमा दर्शकले पूर्णबिराम लगाईदिएका छन । स्तनलाई माछाले छोपेर उत्तेजक फोटो सुट गराउने शुभेच्छा थापाको हालत पनि त्यस्तै छ । यो अहिलेको समस्यामात्रै होईन केही पहिले नीलु रायमाझी, तुलसा सिलवाल, किरण डीसीजस्ता तत्कालिन समाजमा अपाच्य दृश्य दिएरै चल्ने धृष्टता गरेका उनीहरु आफै गुमनाम बने ।
फिल्म भनेको ग्ल्यामरको दुनियाँ हो अनि नग्नता आफैँमा आपत्तिजनक हुँदैन । कलात्मक रूपमा प्रस्तुत गरियो भने नग्नता ग्ल्यामर बन्छ होइन भने भल्गर । तर, नेपालमा कलात्मक सोच भएका निर्देशक र हिरोइनको कमी छ । कलात्मक रूपमा देखाइयो र सस्तो प्रचारप्रसारमा प्रयोग गरिएन भने बेड सिन र चुम्बनका दृश्यले हिरोइनको करिअर उकास्छ भन्ने ऋचा शर्मा र निशा अधिकारीले प्रमाणित गरेका छन् ।
हाइवेमा ऋचाको नग्न दृश्य देख्न सकिन्छ भने निशाले धूँवा यो नशामा आर्यन सिग्देलसँग किस र बेड सिन दिएकी छन् । मायाज बार र मुखौटामा कामुक नृत्य गरेकी छन् । झोलामा गरिमा पन्तले पनि नग्न दृश्य दिएकी छन् । तर, न उनीहरूको आलोचना भयो, न करिअर बिग्रियो ।
तर कथाले मागेको भन्दै कलाबिहिन कामुकताले बदनामीबाहेक केही दिन सक्दैन भन्ने उदारहण यिनै कलाकारले प्रस्तुत गरिसकेका छन ।