धनगढी, माघ ८ । नेपाली काँग्रेसबाट प्रदेशसभा ७ मा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनका लागि लविङ गर्न थालेका छन् ।
नेपाली काँग्रेसका डडेल्धुरा सभापति कर्ण बहादुर मल्ल र कैलाली सभापति मनु शाहको उपस्थितिमा उनीहरुले एक कार्यक्रम गरि आरजुलाई उम्मेद्वार बनाउन माग गरेका छन् । उनीहरुले वक्तव्य समेत निकालि आरजुलाई उम्मेद्वार बनाउने तर्क समेत पेश गरेका हुन् ।
प्रदेश नं ७ का ४ महिला सांसदहरुले सोमवार बिज्ञप्ती मार्फत नेपाली काँग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग आरजुलाई उम्मेद्वार बनाउन माग गरेका हुन् । प्रदेश नं ७ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या कम हुने भन्दै यस्तो अनुरोध गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताईन् ।
डा. आरजुको प्रतिनिधीत्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रमा मुखरित गराउन सजिलो हुन्छ सांसद शाहले भनिन्, जसले महिलाका संबैधानीक हक अधिकार स्थापित गर्न सजिलो हुने छ ।
प्रदेश नं ७ बाट प्रतिनिधीत्व गर्ने महिला संसदहरुको मागमा आफुहरुको समेत सर्मथन रहेको नेपाली काँग्रेस डडेल्धुराका सभापती तथा नेपाली काँग्रेस प्रदेशसभा सांसद कर्ण बहादुर मल्लले बताए । उनले भने, उहाँ अहिले यस क्षेत्रका लागि आवश्यकता हो । सांसद मल्लले प्रदेश नं ७ का नेपाली कांग्रेस सबै जिल्ला सभापतिहरुको यो मागमा सर्मथन रहेको पनि पनि बताए ।
नेपाली काँग्रेसबाट प्रतिनिधीत्व गर्ने प्रदेश सांसद दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्वीका कुमारी थापाले माग पत्रमा हस्ताक्षर गरेका छन् ।