काठमाडौँ, माघ १९ । साहित्यकार मनु ब्राजाकीको आज बिहान निधन भएको छ ।
मस्तिष्क शिरोघातबाट पीडित ७५ बर्षीय ब्राजाकीको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णको भोज’ कथासंग्रह साहित्यका क्षेत्रमा निकै प्रख्यात मानिन्छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि उत्तिकै अगाडि थिए ।
0
Shares