जम्मु कास्मिर विवाद राष्ट्रसंघीय प्रस्ताव अनुरुप समाधान हुनुपर्नेमा जोड

काठमाडौँ, माघ २२ । जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्ताव अनुरुप समाधान हुनुपर्नेमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जोड दिएका छन् ।

आज पाकिस्तानी दूतावासले आयोजना गरेको ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा बोल्दै उनले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनका लागि जोड दिए ।

वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानव अधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने जनाउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्ताव अनुरुप हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

विश्लेषक शास्त्रदत्त पन्तले पण्डित नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने धारणा व्यक्त गरे । हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आइरहेको छ ।