काठमाडौँ, माघ २३ । विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्यौट हुने गरेको पाइएको छ ।
साउनयता छ महिनामा तीन सय २० मुद्दामध्ये करिब ६० मुद्दा मात्र फछ्र्यौट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताएका छन् । उनका अनुसार गत आव २०७३/७४ का २३२ बाँकी र चालु आव २०७४/७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्यौट भएको हो ।
अदालतका उपरजिष्ट्रारसमेत रहेका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फछ्र्यौट भएको बताए । ‘विशेष अदालतमा दायर हुने मुद्दाको प्रकृति पनि अलि गम्भीर प्रकारको हुने भन्दै उनले एउटै मुद्दा फछ्र्यौट गर्नका लागि धेरै दिन लाग्ने बताए ।
त्यसैले मुद्दा फछ्र्यौट गर्न ढिलाइ भएको हो उनले भने । अदालतले गत पुस मसान्तसम्म ४९ र माघमा नौ मुद्दा मात्र फछ्र्यौट गरेको हो । अदालतमा दुई वर्ष नाघेका १८, एक वर्ष छ महिनादेखि दुई वर्षसम्मका ४० र एक वर्ष ६ महिनासम्मका २०८ मुद्दा छन् । अदालतले सम्पत्ति शुद्धीकरण, राज्यविरुद्धका अपराध र भ्रष्टाचार सम्बन्धी मुद्दा मात्र हेर्ने गरेको छ ।
अहिले दुई इजलास रहेको विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मीसहित पाँच सदस्यले फैसला गर्ने गरेका छन् । वि.सं २०५९ मा स्थापित अदालतमा सरकारवादी मुद्दा मात्र दर्ता हुने गरेका छन् ।