वर्तमान सरकारद्वारा चाँडै सत्ता हस्तान्तरण हुँदै : राप्रपा अध्यक्ष थापा

धनगढी, माघ २९ । जनताको पछिल्लो जनादेश अनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको प्रष्ट्याए । अध्यक्ष थापाले ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास हुने बताए ।

उनले अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने बताए ।