पाल्पा, फागुन १४ । पाल्पामा संचालन भएको पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ ।
यही फागुन ३ देखि संचालन गरिएको १३ गतेसम्म चल्ने उक्त महोत्सवको करिब तीन लाख नागरिकले अवलोकन गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।
सो महोत्सवमा ४६२ कक्ष राखिएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सञ्चालन गरिएको सो महोत्सवले जिल्लाको पर्यटन क्षेत्रको विकासलाई सहयोग पुगेको श्रेष्ठको भनाइ छ ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, सांकृतिकलगायतका विकासमा मद्दत पुग्ने उनको भनाइ छ ।
0
Shares