बालुवाटारमा वार्ता जारी

काठमाडौं, फागुन २० । सरकारमा सहभागी हुनेबारे संघीय समाजवादी फोरम र प्रधानमन्त्री लगायतसँग अहिले बालुवाटारमा वार्ता जारी छ ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँट लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

आजै फोरमसँगको सहमतिमा हस्ताक्षर हुने सम्भावनासँगै सरकार गठन पनि हुने सम्भावना देखिन्छ । फोरमसँग हुने दुई बुँदे सहमतिको मस्यौदा यसअघि नै तयार भइसकेको नेताहरुले बताउँदै आएका छन् ।