काठमाडौं, फागुन २२ । प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन र कठोर शब्द वर्षा गरिरहेका डा. गोवीन्द केसीले अख्तियार धाउनु पर्ने भएकोे छ ।
डा. केसी विरुद्ध युवा संघ नेपालका केन्द्रिय विभाग सचिव विपिन ढकालले अख्तियारमा उजुरी दिएका छन् । उनले उजुरीमा डा. केसीले शैक्षिक प्रमाण पत्र र सेवा आवेदनमा फरक जन्म मिति राखी सरकारी लाभको पदमा बसेको, सेवामा रहेर सेवाबाट विमुख भई अस्पताल सेवामा प्रभावित पारेका, जागिर खादै सडक अन्दोलन र अनसनमा उत्रिने गरेको र न्यायपालिकाको गरिमामा आच आउने गरि गतिविधि गरेको आरोप लगाएका छन् ।
डा. केसीलाई तत्काल छानविन गरी कार्वाही गर्नुपर्ने उजुरी कर्ता ढकालले माग समेत गरेका छन् ।
0
Shares