लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रयत्नशील : प्रम ओली

काठमाडौँ, फागुन २९ । मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदान गरिसके पश्चात उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन् ।

उनले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायमै रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु लागिरहेको बताए ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।