अबको यात्रा विकास र समृद्धितिर : अध्यक्ष दाहाल

काठमाडौँ, फागुन २९ । नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदान गरेपछि उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया थालिएको बताए ।

स्थानीय तहको निर्वाचनसँगै थालिएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका र अबको यात्रा विकास र समृद्धितिर हुने उनको भनाइ छ ।

अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताएका छन्