राजु थापा, क्यानडा सम्वाददाता ।
१२ मार्च, २०१८
संयूक्त राष्ट् संघले प्रत्यक बर्ष मार्च ८ मा अन्तराष्ट्यि महिला दिवस विश्वभरी सुरु गर्न थाले देखि प्रत्यक देशमा यसले एउटा संकृतिको रुपमा विकशित गर्दै आईरहेको छ । आफ्नो प्रेम र मानिसहरुको जीवनमा महिलाहरुको भूमिकाको आदरको लागि सस्कृतिको स्पर्शको साथ मनाउने गरेको पाईन्छ ।
यसै क्रममा एनआरएन क्यानडा महिला समिति र क्यानडा नेपाली महिला चौतारीको संयूक्त आयोजनामा अन्तराष्ट्यि महिला दिवश २०१८ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा बिबिध किसिमका मनोन्जन लगायत एभरेष्ट तेक्वान्दो एकेडेमीका खेलाडीहरुले तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । कार्यक्रममा ९९ बर्षिया आमा गंगादेवी रावतको सहभागिता र क्यानडा नेपाली महिला चौतारीकी सदस्य सोनु केसीको जोक, कविता र भाषणले कार्यक्रममा थप रौनक थपि रोमान्चक बनाएको थियो ।
एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले महिलाहरुलाई शुभकामना दिदै समाजमा महिलाहरुको विशेष भूमिका रहने हुदाँ अझ जिम्मेवारी पूर्वक प्रस्तुत हुनु पर्ने बताएका छन् । यसै क्रममा उहाँले विबाहित महिलाहरुलाई सम्पत्ति दिन नहुने प्रति जोड दिदै आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा कन्सुलर जर्नल डा. कुन्जरमणी शर्मा, डा. गोबिन्द सिंह रावत लगायतका बिभिन्न ब्यक्तित्वहरुले महिलाहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपालमा नाक, कान, घाटी लगायत पेट खस्ने रोगबाट पीडीतको लागि सहयोग रकम समेत संकलन गरियको थियो ।
नेपाली समूदायका महिलाहरुको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा लिबरल पार्टीबाट बा्मटन साउथकी सांसद सोनीया सिन्धुको पनि उपस्थिति रहेको थियो भने कन्जरभेटीभ मिसिगागा माल्टनका नेता दिपक आनन्दले पनि अन्तराष्ट्यि महिला दिवशको अवसरमा नेपाली महिलाहरुलाई शुभकामना दिएका थिए । साथै क्यानडामा रहेका विभिन्न संघ संथाका प्रतिनिधि लगायत विभिन्न पेशा संग आबद्ध रहेका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भाग लिन अमेरिका बाट आउनु भएकी गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय परिषद् एनआरएन आइसीसी अमेरिकाज क्षेत्रकी महिला उप संयोजक संगिता लम्साल सिवाकोटी प्रमुख अतिथि थिइन् ।
नेपाली ब्यबसायी मिंगमार नोर्गे शेर्पाले संचालन गर्नु भएको प्रित पार्टि प्यालेसमा आयोजना गरिएको कार्यक्रम विगका बर्ष भन्दा निक्कै रोमान्चक, ब्यबस्थित र सफल भएको सहभागिहरुको प्रतिकृया रहेको छ ।
कार्यक्रम एनआरएन क्यानडाकी महिला तथा बालबालीका समिति संयोजक बिमला सापकोटा र क्यानडा नेपाली महिला चौतारीकी अध्यक्ष गिता दवाडीको संयूक्त सँयोजकत्वमा सम्पन्न भएको थियो ।