काठमाडौँ, फागुन ३० । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
मंगलबार भएको निर्वाचनमा राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । नेपालको राष्ट्रपति पदमा निर्वाचन भएकोमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरे ।
सोही अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मंगलबारको निर्वाचनमा राष्ट्रपति भण्डारी ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी थिइन् ।
उनका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेकी थिइन् ।
0
Shares