जाजरकोटर चैत १६ – नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला अध्यक्ष रविन्द्र शमसेर शाहको बार्षिक पुन्य तिथिको अवसरमा स्मृति सभा सम्पन्न भएको छ । स्मृति सभाको आयोजना नेपाली कांग्रेस क्षेत्रीय समिती क्षेत्र नम्बर एकले बिहिवार आयोजना गरेको थियो ।
पुर्व मन्त्री हृदय राम थानीको प्रमुख अतिथ्यता र विशेष अतिथि नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति कमल रेग्मिको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा नेबिसंघ उपाध्यक्ष पुष्प कुमार शाही, खड्क डागी, नेबि संघ महामन्त्री कुन्दन काफ्ले र नेबि संघ केन्द्रिय सदस्य तारक केसीको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेबिसंघ उपाध्यक्षद्वय पुष्प कुमार शाही र खड्क डागीले राजनीतिक पावर र शक्तिका आडमा हत्यारालाई उन्मुक्ति दिन नहुने र यदि दिइयो भने नेबिसंघले आन्दोलनको आधीभेरी सृजना गर्ने चेतावनी दिएका छन् ।
सोहि सभामा बोल्ने वक्ता नेबिसंघ केन्द्रिय सदस्य तारक केसीले शाहको राजनीतिक र समाज सेवा प्रतिको बाँकी अभिभारालाई हाम्रो पुस्ताले पूरा गर्नुका साथै उनले देखाएको समाज सेवा प्रतिको सपनालाई बिपनामा कार्यन्वयन गरि छाड्ने समाजमा व्याप्त गरिबी र आसमानताको विरुद्धमा शाहले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने प्रण गरेका छन् ।
कार्यक्रममा बोल्ने सबै वक्ताले स्वर्गीय शाहले सामज सेवामा पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्दै उनको हत्याले जाजरकोटलाई मात्रै नभएर सिंगो कांग्रेसलाई अपरणिय क्षेति पुगेको बताएका छन् ।
स्वर्गीय शाहको स्मृतिमा स्थापित रबिन्द्र शाह बिकास पत्रकारिता जाजरकोटका पत्रकार राजेन्द्र कार्कीलाई प्रदान गरिएको छ । पुरस्करको रासी १५ हजार रुपैया रहेको थियो। उक्त पुरस्कर हरेक बर्ष समाज सेवा र बिकासका क्षेत्रमा कलम चलाउने सन्चारकर्मीलाई प्रदान गर्ने आयोजकले जनाएको छ ।