– राजेन्द्र प्रसाद पाठक
नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर स्वदेशमा जसरी प्र.म.के.पी. ओलीजीले बिभिन्न क्षेत्रबाट सुझाव बटुल्ने क्रममा हिजो मात्र पुर्व प्रधानमन्त्रीहरुसँग आसन्न भ्रमणका बारेमा सुझाव लिने क्रममा जे जति भनाईहरु आए ति सबै अनुभवकै आधारमा आएका होलान् भन्नु भन्दा पनि त्यस भित्र लुकेको पक्षलाई अझ जनमानसमा उजागर गरिनु जरुरी छ । खासै तर्कसंङ्गत नदेखिएको त्यस प्रकारको सुझावले वास्तविक सुझाव भन्दा पनि सामान्य म्यान्डेट लिनकै लागी मात्र बैठक गरिएको हो कि जस्तो देखिन्छ । त्यसो त केही गर्नु नै छैन भने त्यस प्रकारको म्यान्डेट नै किन लिनु प–यो र ? जे होस् त्यस प्रकारको सुझावमा नगन्य दम थियो भन्दा फरक नपर्ला ।
सल्लाह सबै तर्फबाट लिनु उचित होला तर निर्णयका लागी भने देश र जनतालाई छातीमा राखेर दुई देशिय हितका लागी जस्तो सुकै सन्धी संम्झौता गर्न गराउन उनलाई कतैबाट पनि छेकबार गर्न मिल्दैन र गर्न सक्दैन पनि ।
अत्यन्तै निकटस्थ छिमेकी जो पहिलो प्राथमिकतामा भएर नै भ्रमण समेत पहिलो हुने गरेको होला ? यस्तो भ्रमणको लागी उल्लेख्य एजेण्डा नहुनु त्यस माथी पनि पुर्व प्र.महरुले समेत खासै चासो नदिनु र सुझावमा समेत छाती त्रिभजाकार बनाएर प्रस्तुत हुने सल्लाह दिनु आदी कुराले भारत भ्रमण फलदायी हुनेमा सङ्का ब्यक्त गरेको छ । देश हित र बिकासका लागी यी द्विपक्षीय एजेण्डाहरु समेतलाई अगाडी बढाएर बिभिन्न प्रकारका सन्धी संझौता हुन सके दुई देश बिचको सम्बन्धमा पनि बिस्तार हुन सक्ने र बिकाशका कारण जन जन बिचमा समेत सम्बन्ध गहिरो हुन सक्ने बिषयमा खासै छलफल भएको बुझिदैन । बिगतमा भएका कमिकमजोरीहरुलाई सल्ट्याउनका लागी पनि नयाँ आयामबाट दुई पक्षिय हितमा हुने खालका बिकाश सम्वन्धी सन्धी संम्झौता हुनु जरुरी हुने गर्दछ । हामी ओल्लाघरे पल्लाघरे कहाँ जादा त काम लिएर मात्र जानु राम्रो हुन्छ भन्ने ठान्दछौं भने यो त वैदेशिक भ्रमण हो । पुर्व संम्झौताहरुलाई कार्यान्वयनमा जोड दिनु एउटा अलग पक्ष रहला तर नयाँ एजेण्डा भने हुनै सक्दैन ।
पुर्व प्र.महरु समेत यस बिषयमा पृथक रहेर सुझाव दिएको महसुस जनमानसमा हुन थालेको छ । किन कि सबैको उद्येश्य देश र जनहितका लागी हुनु पर्दथ्यो । तर उनिहरु समेत आ– आफ्ना कार्यकालमा खासै उल्लेख्य काम गर्न नसकेकै कारण ओलीलाई समेत जस पाउने खालको काम नगरुन भन्ने भित्री अभिष्ट राखेर मात्र सल्लाह दिए जस्तो महसुस सबै तर्फबाट हुन थालेको छ । हाल सम्मका अस्थाई सरकारका प्र.महरुले आफ्ना कार्यकालमा छिमेकी देशसंङ्ग कुनै त्यस्ता महत्वपुर्ण कामका लागी सन्धी सम्झौताहरु गर्न गराउन सकेनन् र भए गरेकालाई समेत कार्यान्वयनमा ल्याउने पहल गर्न नसकेका कारण उनिहरु ओलीलाई समेत अक्षम सावित गराउन खोज्दै गरेको महसुस सबै तर्फबाट हुन थालेको छ । तर के.पी. ओली नेपालका लागी हाल सम्मकै सबै भन्दा शक्तिशाली प्रधानमन्त्री हुन । सल्लाह सबै तर्फबाट लिनु उचित होला तर निर्णयका लागी भने देश र जनतालाई छातीमा राखेर दुई देशिय हितका लागी जस्तो सुकै सन्धी संम्झौता गर्न गराउन उनलाई कतैबाट पनि छेकबार गर्न मिल्दैन र गर्न सक्दैन पनि । त्यसैकारण यस भ्रमणलाई अति फलदायी तुल्याउनका लागी छिमेकी देशसंङ्ग राष्ट्रि«यता र जनहितको सवालमा बाहेक अन्य बिकाश कार्य अघि बढाउनका लागी हदै सम्मको लचकता देखाएर अगाडी बढ्न सक्ने म्याण्डेट जनताको स्तरबाट चुनावी परिणाम संङ्गै प्राप्त भैसकेको छ । त्यसैले अब भोली गरौंला भनेर कामलाई थाती राख्ने भनेको फेरी असफल हुनु शिवाय अरु केही होईन ।
हामी नेपालीहरुको समग्र सोचनै आफु भन्दा माथी अरु कोही नरहोस् भन्ने अत्यन्तै न्युन स्तरको सोचका कारण अरु सबै चिज सवल हुदाहुदै पनि पछि पर्न बाध्य भएका छौं । त्यसै कारण जसरी भारतिय प्रतिपक्षी दल र अन्य बुद्धिजिवी समुदायबाट भारतीय प्रधानमन्त्री मोदीलाई छाती चौडा अर्थात चतुर्भुजाकार बनाउनका लागी बृहत स्तरको सुझाव दिई सकेकाछन् । त्यस कारण पनि समुन्द्रको यात्रामा लोटा लिएर जानु भन्दा गाग्री घैला नै लिएर जान सकियो भने पछुताउनु नपर्ला । भारतियहरुको सन्दर्भमा उनिहरुको देश भित्र जेसुकै दलिय प्रतिष्पर्धाका क्रममा जतिसुकै आलोचना गरिएता पनि विदेशीसंङ्गको डिलिङ्ग र स्वदेशी हितका खातिर एक हुने परम्परा बसी सकेका कारण उनीहरु जुनसुकै मामलामा समेत अगाडी नै रहन सकेका हुन् । देश र जन हितका लागी उनीहरु जस्तोसुकै अवस्थामा पनि एक हुन सक्दछन् । तर हामी भने आफु अनुकुल हुने काम बाहेक अन्यमा अगाडी बढ्न सकिरहेका छैनौं । अब को सरकारमा छ को छैन भन्नु भन्दा पनि देश र जनहितका खातिर एक हुने समय आइसकेको छ । ब्याक्तिगत बिकाशले मात्र समृद्घि प्राप्त हुन सक्दैन यसका लागी समग्र देशको नै बिकाश हुनु जरुरी छ । अबका दिनमा मनमा एउटा र मुखमा अर्को भावना राखेर काम गर्नु वा सुझाव दिनु भनेको एउटा अर्को राष्ट्र«घात हो । यस्तो भावना देखी लिने पनि दिने पनि सावधान हुनु जरुरी छ । यस मामलामा के.पी फेल भए भने समग्र देश नै फेल हुन सक्दछ भन्ने भाव सबैले नै राखेर मात्र सल्लाह सुझाव दिनु र लिनु पर्दछ । नेपाल भन्ने देशको प्रतिनिधीत्व गरेर प्रधानमन्त्री के.पी. ओली भारत भ्रमण गर्दैछन् उनको बृहत सफलता नै समग्र नेपाल र नेपालीको सफलता हो भारतमा मोदीले जस्तै छाती चतुर्भुजाकार बनाउनुहोस् । सल्लाहकारले सल्लाह दिए जस्तै त्रिभुजाकार बनाउनुभयो भने सागरबाट मोती हातपर्दैन र समुन्द्रमा जल लिन जाँदा लोटा लिएर होईन घैला लिएर जानुहोस् । अस्तु !!