समृद्ध झापाका लागि अन्तराष्ट्रिय झापाली समाज भन्ने नाराका साथ दोहाको कतारमा आजदेखि तिन दिनसम्म अन्तराष्ट्रिय झापाली समाजका मध्यपुर्व क्षेत्रिय भेला सुरु भएको छ । जन्मेको ठाउँ र हुर्केको गाउँवाटै बिकासको मुल रोप्न सकेमात्र देश समृद्ध हुन्छ भन्ने सोचका साथ अन्तराष्ट्रीय झापाली समाजको गठन भएको थियो । यतिखेर २४ देशमा फैलिएको झापालीहरुको यो समाजले कतारको दोहामा तिन दिनसम्म झापाको बिकास र बिस्तारमा सहयोग पुरयाउने योजना बुन्ने तथा सामुहिक लगानीको निचोड निकाल्ने कुरा समाजका अध्यक्ष तथा एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले बताए ।
झापाको शिक्षा र स्वास्थमा सहयोग र सामुहीक लगानी यस पटकका हाम्रा बिशेष एजेन्डाका रुपमा रहेका छन , हामीले त्यस बाहेकका अन्य बिषयमा पनि छलफल अगाडि बढाउने छौ, अध्यक्ष पोखरेलले सुनाए । हामीले संस्था गठन भएलगत्तै झापाका बाढिपीडितलाई १२ लाख रुपैया बराबरको सहयोग गर्नुका साथै कमल गाउँंपालीकाका बाढि पीडितको सहयोगार्थ करिब तिस लाख रुपैयाको लागतमा ९ वटा घर निमार्ण गर्दैछौ । झापाको समग्र बिकाशमा झापाली समाजको योगदान रहने बताउदै अध्यक्ष्य पोखरेलले भने,हामीले झापा गोल्डकपमा समेत सह प्रायोजकका रुपमा सहयोग गरेका छौ ।
प्रवासमा रहेका झापाली बिचको एकता सहकार्य र सदभावसँंगै हाम्रो मुख्य उद्देस्य भनेको झापाका समग्र बिकास नै हो , यस भेलामा हामी केहि नया योजना बुनेर चार्डनै सार्वजनिक गर्ने छौ, पोखरेलले सुनाए । बिदेशमा बस्दा सबैभन्दा मिस हुने भनेको कुरा आफनो गाउँं ठाउँंनै रहेछ । यसैले पनि झापाली समाजको माध्यमवाट आफनो घर आगनसँंग जोड्ने र माया साटने अनि अनुभव बाड्ने वाटोको रुपमा समाजको स्थापना भएको हो,पोखरेलले भावुक हुँंदै सुनाए । अस्ट्रेलियामा ब्यवशाय गरेर बसेका पोखरेल चलचित्र निमार्ता समेत हुन ।
भेलाको बन्दसत्र प्रारम्भ भएपनि शुक्रबार एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टले औपचारिक रुपमा भेलाको उदघाटन गर्ने कार्यक्रम रहेको समाजका प्रवक्ता महेन्द्र चौलागाइले सुनाए । अस्ट्रेलियावाट समाजका पुर्व संयोजक भवानी ओली, एनआरएन आइसीसी ओसेनिया खेल संयोजक भुपाल सिटौला र एनआरएनएका सदस्य अजय राजवंशी भेलामा सहभािग भएका छन ।
२४ देशवाट गरी कुल दुइ सय पचास प्रतिनिधीहरुको सहभागिता रहेको यस भेलामा अमेरिका,युरोप,एशिया ,मध्यपुर्व र ओसेनियाका क्षेत्रिय समीतीका प्रतिनिधीहरुको उपस्थीती रहेको प्रवक्ता चौलागाइले बताए ।