सिडनीमा भानु जयन्तीको भब्य तयारी

नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले प्रत्येक बर्ष मनाउदै आएको २०५ औ भानु जयन्ती यस पटक भब्य र सब्य रुपमा मनाउन लागेको छ । यही आउदो जुलाइ महिनाको सात तारिख सिडनीको मेरिल्यान्डमा प्रतिष्ठानले भब्य रुपमा भानु जयन्ती मनाउनका लाग तयारी सुरु गरेको संस्थाकी अध्यक्ष सुजाता बस्नेत केसीले बताउनुभयो ।

सीडनीका साहित्य अनुरागीहरुको बिशेष सहभािगता रहने सो कार्यक्रममा कबिता बाचनका साथ साथै नेपाली कला साहित्य सम्वन्धि बिविध गतिबिधी आयोजना हुने अध्यक्ष केसीले बताउनुभयो । बिदेशमा रहेर हामीले हाम्रो कला सािहत्य अनि भाषाको जर्गेनाका गर्न सकनौ भने हाम्रो पनि अस्तीत्व रहदैन,त्यसैले पनि यो बिषय निकै महत्वपुर्ण छ ,लोकगायनमा समेत चर्चा कमाउनुभएकी अध्यक्ष सुजाता बस्नेत केसीले भन्नुभयो । हामी नेपाली, हाम्रो नेपाल भन्ने स्लोगनका साथ आयोजना हुन लागेको भानुजयन्ती कार्यक्रममा स्थानिय नेपाली बालप्रतिभाहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको संस्थाका सचिब राजेश्वर घिमिरेले जानकारी दिनुभयो । बिदेशमा रहेका नया पुस्तालाई नेपाली भाषा सिकाउन नसकेमा हाम्रो देश र भेषका बारेमा उनिहरु अनभिज्ञ हुनसक्ने भएकाले प्रवासमा यस्ता साहित्य कार्यक्रम र भाषीक कक्षाहरु अत्यन्तै महत्वपुर्ण रहेको संस्थाले जनाएको छ ।