प्रदेश २ को सरकार एमाले समर्थनमा बनेको उल्लेख गर्दै आज नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् । नेपाली कांग्रेसले प्रदेश नम्बर २ का मुख्यन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा अस्पष्ट भएको बताएको छ ।
‘दुई नम्बर प्रदेशमा प्रधानमन्त्रीको पार्टीको समर्थनमा सरकार रहँदै गर्दा पनि प्रधानमन्त्रीको अभिव्यक्ति र आलोचना अस्पष्ट मात्र नभएर नौटंकीको रुपमा कांग्रेसले लिएको छ । मुख्यमन्त्रीले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको चर्को आलोचना हुनु प्रश्न भित्रको प्रश्न हो रिजालले भने ।
प्रदेशमा आफ्नै समर्थनको सरकारले कुटनीतिक मर्यादा विपरीत काम गर्ने यहाँ बेठिक भन्ने ?, यो के हो ? हामी अस्पष्ट भयौं जवाफ दिनुपर्यो रिजालले प्रश्न गरे ।’ उनले भने, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला अभिव्यक्ति स्वतन्त्रमा समेत अंकुश लगाउन खोजिएको होकी ? ‘भारतीय प्रधानमन्त्री स्वागत छ । नाकाबन्दी भुलेका छैनौं’, भन्न पनि नपाइने?’यो कहाँको नियम हो, रिजालले प्रश्न गरे ।