काठमाडौं, जेठ २ । आईसीसी ‘वल्र्ड ११’ मा क्रिकेट जगतका युवा नेपाली क्रिकेटर सन्दिप लामिछाने परेका छन् । उनले अब वेष्ट इण्डिजबिरुद्ध इंगल्याण्डको लर्डसमा हुने खेल खेल्ने अवसर प्राप्त गर्नेछन् ।
वेष्ट इण्डिज बिरूद्धको खेल ३१ मे मा इंगल्याण्डको लर्डसमा हुँदैछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले सो खेल खेल्ने मौका पाए । उनका टोली कप्तान इयान मोर्गान हुन् ।
यस्तै सोही टीममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् । वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो ।
जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीका उत्कृष्ट खेलाडीहरू छन् ।
0
Shares