नीजि प्राविधिक महासंघको कर्णाली प्रदेश भेला सम्पन्न

सुर्खेत, जेष्ठ ६ । नीजि प्राविधिक शिक्षालय महासंघको प्रदेश भेला हिजो सुर्खेतमा सम्पन्न भएको छ ।

महासंघका कर्णाली प्रदेशका संयोजक धर्मराज गिरीको संयोजकत्वमा सम्पन्न भेलाले यही जेठ १९ गते प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशभरी १७ वटा नीजि शिक्षालय रहेको उक्त महासंघले आफ्ना विभिन्न हकहित नीति, विधान तथा कार्यक्रमलाई वैधानिक रुपमा अगाडि बढाउने निर्णय समेत गरेको बताइएको छ ।