भानुजयन्तीमा अस्ट्रेलीयन सरकारको सहयोग


नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले प्रत्येक बर्ष मनाउदै आएको २०५ औ भानु जयन्ती यस पटक भब्य र सब्य रुपमा मनाउन लागेको छ । बहुसांस्ृकतीक समुदायको बाहुल्यता रहेको अस्ट्रेलियामा सरकारले पनि बिभिन्न देशवाट आएका आफ्ना नागरिकहरुको पहिचानका खातिर कला संस्कृती जोगाउन सहयोग गर्दै आएको छ । पहिलो पटक नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको पहलमा स्थानिय कम्बरल्यान्ड काउन्सिलले भानुजयन्तीका लागि बिशेष सहयोग गर्ने भएको छ । त्यसका ागि कम्बरल्यान्ड काउन्स्लिले एक समारोह बिच नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेतलाई सहयोग समेत हस्तान्तरण गरेको छ ।
यही आउदो जुलाइ महिनाको सात तारिख सिडनीको मेरिल्यान्डमा प्रतिष्ठानले भब्य रुपमा भानु जयन्ती मनाउनका लाग तयारी सुरु गरेको संस्थाकी अध्यक्ष सुजाता बस्नेत केसीले बताउनुभयो । हामीलाई पहिलो पटक अस्ट्रेलियन सरकारकोतर्फवाट सहयोग प्राप्त भएको छ ,यसका लागि कम्बरल्यान्ड काउन्सिललाई धन्यबाद दिन चाहन्छु ,अध्यक्ष बस्नेतले बताइन ।
सीडनीका साहित्य अनुरागीहरुको बिशेष सहभािगता रहने सो कार्यक्रममा कबिता बाचनका साथ साथै नेपाली कला साहित्य सम्वन्धि बिविध गतिबिधी आयोजना हुने अध्यक्ष केसीले बताउनुभयो । बिदेशमा रहेर हामीले हाम्रो कला सािहत्य अनि भाषाको जर्गेनाका गर्न सकनौ भने हाम्रो पनि अस्तीत्व रहदैन,त्यसैले पनि यो बिषय निकै महत्वपुर्ण छ ,लोकगायनमा समेत चर्चा कमाउनुभएकी अध्यक्ष सुजाता बस्नेत केसीले भन्नुभयो । हामी नेपाली, हाम्रो नेपाल भन्ने स्लोगनका साथ आयोजना हुन लागेको भानुजयन्ती कार्यक्रममा स्थानिय नेपाली बालप्रतिभाहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको संस्थाका सचिब राजेश्वर घिमिरेले जानकारी दिनुभयो । बिदेशमा रहेका नया पुस्तालाई नेपाली भाषा सिकाउन नसकेमा हाम्रो देश र भेषका बारेमा उनिहरु अनभिज्ञ हुनसक्ने भएकाले प्रवासमा यस्ता साहित्य कार्यक्रम र भाषीक कक्षाहरु अत्यन्तै महत्वपुर्ण रहेको संस्थाले जनाएको छ ।