काठमाडौं, असार ६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी महामन्त्री कुन्दन राज काफ्ले , चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश रानाले कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानकार्षण गराएका छन् ।
महाधिवेशनको २२ महिना बितिसक्दा पनि अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।
अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी ढंगले संघको केन्द्रीय पदाधिकारी एबम सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख छ ।
0
Shares