शैक्षिक तथा अध्यागमन परामर्शका लागि कहलिएको एजुकेशन प्लानेट अर्थात इ प्लानेट यतिखेर आफ्नो सेवा बिस्तारको क्रममा नया स्वरुपमा एडिलेड पुगेको छ ।
नेपाली बिध्यार्थी हरुको लोकप्रीय शैक्षिक गन्तब्य बनेको अस्ट्रेलियाको बिभिन्न शहरहरुमा शैक्षिक तथा अध्यागमन परामर्शको आवश्यकता देखिएको बेला इ प्लानेटले नया ब्यवस्थापन सहित एडिलेडमा सेवा बिस्तार गरेको हो । सात बर्ष अस्ट्रेलियाको शैक्षिक परामर्शमा अनुभव बटुलेका गोबिन्द शर्माले इप्लानेटको एडिलेडको नया ब्यवस्थापनको जिम्मेबारी सम्हालेका हुन ।
सिडनीमा बसोबास गर्दै आएका गोबिन्द शैक्षिक सेवामा होमिएपछि एडिलेडमा बसाइ सरेका छन । आफ्नो अनुभव र योग्यताका आधारमा बिध्यार्थीका बास्तबिक समस्यालाई हल गर्ने र शैक्षिक सेवा प्रदान गर्ने लक्ष्य रहेको गोबिन्दले बताए । काठमाडौ,सिडनीमा मुख्य कार्यालय रहेको इ प्लानेट शैक्षिक परामर्शदाताहरुको भिडमा एउटा फरक नामका रुपमा स्थापीत संस्था पनि हो, हामीले यसलाई शैक्षिक सेवाका रुपमा योजना बुनेका छौ ,सेवा गरेपछि मेवा मिल्ने फरक कुरा हो, गोबिन्दले बताए ।
शिक्षा जस्तो बिषयमा गम्भीर भएर बिध्यार्थी र अभिभावकलाई यहाको सत्य तथ्य र बास्तविकता छर्लङ्ग हुने गरी बुझाएपछि मात्र हामी हाम्रो सेवा अगाडि बढाउछौ , इप्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताए । एक दशक भन्दा बढि लामो समय यस ब्यवशायमा रहेको इ प्लानेटले बिध्यार्थीको भबिष्यसँंग जोडिएको हरेक सवालमा गम्भीर भएर आफना कार्यनीती अगाडि बढाएको छ ।
सोही कारण पनि अहिलेसम्म इ प्लानेट अहिलेसम्म बिध्यार्थी र अभिभावकको रोजाइमा अग्रपंक्तीमा रहेको छ , निर्देशक लामिछानेले कार्यालय उदघाटनका अवसरमा बताए । एडिलेडमो कार्यालय उदघाटनमा एनअराएनका आइसीसी सदस्य गोकुल घिमिरे,एनआरएनका पुर्व अोसेनिया उप संयोजक रमेश जोशीलगायतका ब्यक्तीत्वहरुले सफलताको शुभकामना प्रदान गरेका थिए ।