राजु थापा, क्यानडा
गैर आवासिय नेपाली संघको पर्यटन प्रवर्धन समिति (टिपिएन)ले क्यानडास्थित भिन्न संस्कृति बोक्ने सवै नेपाली समुदायलाई सहभागी बनाई नेपालको पर्यटन प्रवर्धनमा सक्रिय रहन २४ जुनको आइतबार क्यानडाको व्राम्टनमा एक कार्यक्रमको आयोजना गरेको छ ।
क्यानडामा सम्पन्न हुने बहुसांस्कृतिक कार्यक्रमहरु काराब्राम र अन्य कार्यक्रममा गु,रुड, नेवार, मगर, थकाली, पन्चेबाजा लगायत सकेसम्म बढी संस्कृति झल्कने प्रस्तुतिहरु समाबेश गर्न समुदायका अगुवाहरुले सुझाव दिएका छन् ।
टीपीएनका सदस्य अन्जनी भट्टराइको कार्यपत्रबाट शुरु भएको कार्यक्रममा एन आरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेले सबै एनआरएनएहरुले नेपालको परिचय, सम्पदा, संकृति जगेर्ना लगायत पर्यटन प्रबर्धनका गतिबिधिहरुलाई सघाउनका लागि मूख्य निकृष्ट लक्ष्य सहित अगाडि बढिरहेको बताएका छन् । त्यस्तै एन आरएन क्यानडाका पुर्व अध्यक्षहरु अनिल थापा र तुलसी सापकोटा, पर्यटन दुत नर बहादुर टन्डन लगायतले नेपालको पर्यटन प्रवर्धनमा समुदायको अपनत्व विकास गर्नुपर्ने बताएका छन् । नेपालले सन २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरि १० लाख पर्यटक भित्राउने लक्ष लिएकोले सरकार त्यो लक्ष पुरा गर्न गैर अवासिय नेपाली संघको पर्यटन पर्वधन समितिले योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ ।
सोहि कार्यक्रममा गैर आवासिय नेपाली संघको रक्तसंचार प्रविधि हस्तान्तरण समितिले आफ्ना गतिविधि र भावि कार्यक्रम बारे समुदायलाई जानकारी दिन एक कार्यपत्र प्रस्तुत गर्यो ।
क्यानडाबाट श्रोत व्याक्तीको रुपमा काम गरिरहनुभएका शुरेशराज गौतमले कार्यपत्र पत्र प्रस्तुत गर्दै नेपालको रक्तसंचार सेवामा धरै सुधारको आवस्यकता रहेको बताउनुभयो । त्यस्तै समितिक अर्का सदस्य दिपक गौतमले नेपालको रक्तसंचार सेवाको सुधारमा एन आरएनले धेरै काम गरिसकेको जानकारी दिनुभयो । नेपालमा अहिले पनि व्यावस्थित रक्तसंकलन केन्द्र नहुँदा खुल्ला आकासमुनी रगत संकलन गरिदै आएको छ । सोहि अवस्थालाई मध्यनजर गर्दै क्यानडाबाट ५ वाट टेन्ट र २० वटा कुर्चि दिने योजना रहेको कार्यक्रममा जानकारि दिइएको थियो । सहभागीहरुले एन आर एन को रक्तसंचार कार्यक्रमलाई निकै सकारात्मक र महत्वपुर्ण कार्यक्रम भन्दै टिप्पणी गरेका थिए । सोहि अवसरमा लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लवका उपाध्यक्ष कुन्दन घिमिरेले एउटा टेण्ट किन्न लाग्ने खर्च आफुले सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा एन आरएनका पुर्व अध्यक्ष अनिल थापा, जनजातीसंघका अध्यक्ष गिरी बुढाथोकि लगायतले सहयोगको घोषणा गनुभयो ।
सोहि कार्यक्रममा एन आर एन आइसीसि अन्तर्गतका विभिन्न टास्क फोर्स र समितिहरुमा नियुक्त उपस्थित सदस्यहरुले आफ्नो परिचय दिएका थिए ।
कार्यक्रममा एनआरएनए आईसिसि अध्यक्ष भवन भट्ट लाई आमन्त्रण गरिएको तर उहां क्यानडामा भएर पनि उपस्थित नहुदां केहि आलोचना भएको थियो ।