एनआरएन अस्ट्रेलियामा डा केसीको बहस

प्रबक्ता खरेललाई जिम्मेबारी

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको कार्यसमिती बैठकमा डा गोविन्द केसीको अनसनको समर्थनका बिषयमा बहस भएपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्नेगरी टुंगो लगाइएको छ । त्यसका लागि बैठकले प्रवक्ता तथा डा गोबिन्द केसी अभियानका अभियन्ता डिला खरेललाई जिम्मेबारी तोकेको छ । बैठकमा खरेलले डा गोबिन्द केसीको समर्थनमा एनआरएन अगाडि बढ्नु पर्ने बिषय बैठकसुचीमा प्रवेश गराएपछि यसले बहसको रुप लिएको थियो । कार्यसमितीका केहि पदाधिकारीले यो राजनितीसंग् पनि जोडिएको हुँंदा एनआरएन यसमा सामेल हुन नमिल्ने तर्क गरेपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्ने निर्णय गरिएको थियो । एनआरएन अस्ट्रेलियाको वैठकले नेपाल महोत्सव सिड्नी, मेल्वर्न, व्रिसबेनमा र एडिलेड मा भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । नेपाल महोत्सवमा एकरुपता ल्याउन नेपाल सबहाउस, पर्यटन प्रबद्र्धन तथा अन्य संस्कृतिक कार्यक्रमको रुपरेखा समान राख्ने पनि निर्णय भएको छ । एनआरएन अष्ट्रेलियाले यो वर्ष आगामी नोभेम्बर महिनामा ब्रिसबेन र सिड्नीमा तथा डिसेम्बरमा मेलबर्नमा नेपाल महोत्सव आयोजना गर्दैछ । संस्थाले आगामी वर्ष सन् २०१९ जनवरी मा रास्ट्रिय उद्यमी सम्मेलन गर्ने भएको छ ।


आमरण अनसनमा रहेका डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन ्। काठमाडौं उपत्यकाभित्र दस वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेज सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने लगायत अध्यादेशमा भएको व्यवस्था हटाइएपछि केसीले पुन जुम्लावाट अनसन प्रारम्भ गरेका थिए ।