काठमाडौँ, साउन ११ । सरकारले उठाएका हरेका गलत कदमको खबरदारी गर्दै आएको नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा बढेको महँगीको विरोधमा आज बालुवाटारमा धर्ना दिएको छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्द्वारा महँगीको विरोध जनाउँदै आज बिहान एक घण्टा धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि कम गर्न सरकारसँग अनुरोध गरे ।
मूल्यवृद्धिले जनता मारमा परेका, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्ने उनको भनाइ छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थीलाई मार परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
0
Shares