सरकार जनताका हरेक समस्यासँग नजिक हुनुपर्ने : प्रकाश शरण महत

कम्युनिकेसनको क्रान्ति पश्चात नयाँ नयाँ प्रविधिको विकास भएसँगै त्यसलाई उपयोग गर्ने तरिका ग्रहण गर्ने कुरामा अग्रसर भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताएका छन् ।

वि पि कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नवलपुरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अधिनायकवादी शैली, जनताका आवश्यकता र मुल्यवृद्धिजस्ता जनताका अत्यावश्यक सामग्रीका विषयमा सरकार हल्का रुपमा प्रस्तुत भएको बताएका छन् ।

मूल्यवृद्धिले जनता मारमा परेका, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्यवृद्धि घटाउनुपर्ने भन्दै सरकार जनताका हरेक समस्यासँग नजिक रहेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले गरेका हरेक गलत कदमको विरोधमा नेपाली कांग्रेस सशक्त रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।