दाङ, असोज ३० । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्तालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट पक्राउ गरिएको जानकारी पाइएको छ ।
प्रहरीको टोलीले त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको छ ।
विप्लव समूहका व्यक्ति जो पक्राउ हुनेमा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको बताइएको हो ।
0
Shares





















