लोकसत्ता सम्वाददाता, क्यानडा
नेपाली जनसम्पर्क समिति, क्यानडाले आज बिहान एनआरएन क्यानडाका कोषाध्यक्ष सुर्य सापकोटाको निवासमा गै उहांका पुजनिय पिता लोकनाथ सापकोटाको हालै नेपालमा भएको असामयिक निधन प्रति गहिरो दुखः ब्यक्त गर्दै दिबंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरि उहांलाई परेको अपुरनिय क्षति प्रति धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भनि कामना गर्यो।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका संथापक बर्तमान अध्यक्ष बुद्धि वलीले हाम्रो समाजका सदस्य सुर्य सापकोटा लगायत उहांको परिवारलाई पर्न गएको अपुरनिय क्षति प्रति दुःख ब्यक्त गर्दै सान्त्वना प्रदान गर्नु भएको थियो । साथै उहांले बिदेशमा बस्ने हामि सबै नेपाली एउटै परिवार भएको र प्रत्यकको दुःख सुखमा साथ दिनु हामि सबैको कर्तब्य भएको कुरा ब्यक्त गर्दै नेपाली जनसम्पर्क समिति, क्यानडाको उद्धेश्य पनि त्यहि रहेको विचार ब्यक्त गर्नु भयो ।


कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पदाधिकारी लगायत नेपाली समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।



















