ईतिहासका पानाहरु

 

लेखक=- श्रीदामोदर उपाध्याय

सयौं राज्य त एकताको बलमा एकत्र हुने बेला
शाह वंशका ती जवान युवक गुरुगोरख्का चेला।
भर्खरका ती नव जवान भूपति देश एक गर्दै गए
यो देवभूमिमा कसरी अहिले राक्षस पैदा भए?

गुरु गोरखको आशिष हुन गै राज्य एकत्रित हुने
पूर्व टिस्टा देखि सिमाना कोरेर सतलजसम्मैपूगे।
यसरी दशकौं लडाइ गरेर यो देश्मा शासन् गरे
यो देवभूमिमा कसरी अहिले राक्षस पैदा भए?

राणा शासन कालमा त जनता झन् झन् दबिदै गए
सब् जान्दा भएका श्री५त्रिभुवन् न्यू दिल्ली उड्दा भए।
देश छोडि जाँदा ती श्री५ राजाको राणा पछाडै रहे।
यो देवभूमिमा कसरी अहिले राक्षस पैदा भए?

राणा राजा र दिल्लिवार्ता भएको सुशासन होस् भनि
यसरी हुनगो श्रीतीन हरुको शासन्को अन्त्य पनि
प्रजावस्तल शान्त प्रेमी भूपति राजा पुनः उही रहे।
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

राजाको देहान्त हुनगो केहि साल बित्दा जसै।
उन्का जेष्ठ सुपुत्र ता नृप भई राज्य चलाए तसै।
उनका जेष्ठ सुपुत्र ता भनिएका राजा महेन्द्र रहे
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

जम्मा डेढ दशक् मरेर नृपले शासन गरि आउदा
धन्य हुन् त्यो बेला नेपाली जनता नयाँ नेपाल् पाउँदा
कारखाना पनि ता सयौं त नृपले तसै ठ्ड्याउदै गए
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

गाउँ फर्क तिमि ता असल हे युवा तिम्रै हो नेपाल् भनी
यस्ता ती नृपका कहानी सुनदा दङ्गै भएँ मै पनि
पैले ता डटेर अगाडि बढेर देश् हाक्ने राजा थिए
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

विश्वको सामुमा त देवभूमिको मर्यादा राख्ने उनी
विज्ञान् ज्ञान देखि लिएर सबमा थिए ती राजा धनी
नेपाली जनता शिरमा राखेर यो देश् बनाउदै गए
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

पहिलेको त्यो पूरानो शासन हेरी आजित्र ती भूपति
चतुर् सोच् गरेर उनै ती नृपले गर्दै गए उन्नति
आफू ता मरेर यो देश बचाइ स्वर्गै ती राजा गए
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

उन्का जेष्ठ सुपुत्र ता नृप भए राजा वीरेन्द्र उनी।
प्रजाको कुरामात्र सुनिरहने थिए ती मनका धनी।
त्यस्ता ती नृपति नेपालाधिपति साह्रै ती सोझा रहे।
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

जनताको अभिमत स्वीकार गरेर बहुदल दिएथे जसै।
बहुदल्ले नपूगी त्यो पनि फेरि ता जनयुद्ध थाले तसै।
जात्धर्म पनि ता नमान्ने भनेर भाइ भाइ लडाउदै गए
यो देवभूमिमा कसरी अहिले नास्तिक पैदा भए?

गर्ने खाने र जान्ने सुन्ने हरुता सात देश पारि गए।
परिवर्तनको भजन् गरी यहाँ देश लूट्ने सयौं भए।
सयौँ काण्ड र भ्रष्टाचार गरेर यो देश लूट्दै गए।
यो देवभूमिमा कसरी अहिले राक्षस पैदा भए?