जाजरकोटको दुर्गममा बन्यो २५ शैयाको अस्पताल

बद्री पन्त

# पूर्व सांसद राजिव विक्रम शाहको ६ करोड ब्यक्तिगत खर्चमा सुविधाको सम्पन्न अस्पताल भवन निर्माण पुरा ।

# अस्पताल संचालनमा आएपछि दुर्गम गाउका ८० हजार स्थानीयलाई स्वास्थ्य उपचार सेवा सहज हुने ।

जाजरकोट ५, मंसीर । जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न
अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६ करोड ब्यक्तिगत खर्चमा अस्पतालको भवन लगायत भौतिक संरचना निर्माण गरेका हुन्

क्याप्सन : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न २५ शैया अस्पताल भवन । तस्वीर : बद्री पन्त जाजरकोट

समाजसेवी तथा पुर्व सांसद शाहले २५ शैय्याको हाम्रो कुमारी फाउन्डेसन अस्पताल संचालन गर्न भवन निर्माण कार्य पुरा गरेका हुन् । शाहले कुमारी ट्रष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन् । अस्पताल भवनको निर्माण कार्य गत बर्ष शुरु भएको थियो ।

सामुदायिक अस्पताल संचालन गर्न शाहले बडाबनमा इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसुती, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शैचालय लगायत सेवा संचालनका लागि दर्जन भवन बनाएका छन् । बडाबनका स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा अस्पतालका लागि अत्याधुनिक
भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो । पटक पटक झाडापखला लगायत महामारीवाट पिडित यहाँका जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी दुर्गम गाउमै विशेषज्ञ सेवा दिने उदश्यले अस्पताल संचालन गर्न लागेको पुर्वसँंसद शाहले वताउनु भयो । २०७६ सालदेखि अस्पतालबाट स्वास्थ्य सेवा संचालन
हुने सांसद शाहले बताउनु भयो ।

अस्पतालमा उपकरण लगायत जुटाउन थप
५÷६ करोड खर्च लाग्ने शाहको भनाइ छ । व्यक्तिगत खर्चमा भवन निर्माण कार्य पुरा गरेपनि अस्पतालको संचालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायकोे साझा दायित्व वोध हुने गरी कार्य अघि बढाएको शाहको भनाइ छ ।

अस्पताल सन्चालनको वोर्ड समितीमा सवै दल तथा ससरोकारवालाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने भनाई छ । अस्पतालबाट दुर्गम, विकट गाउ र विपन्न समुदायका जनताको पहुँचमा सहज तथा गुणस्तरीय सेवा प्रवाहको लागि पहलकदमी चालेको शाहको भनाइ छ ।
चर्चित समाजसेवी महावीर पुन, रोटरी क्लव इन्टरनेस्नल, केहि मेडिकल कलेजका विशेषज्ञ डाक्टरस“ग उपचार सेवा, उपकरण, अस्पताल सन्चालन खर्च तथा श्रोत व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको समाजसेवी शाहको भनाइ ।

अस्पताल सन्चालन गर्न मासिक २५ लाख सम्म खर्च लाग्ने शाहको भनाइ छ । अस्पतालका भवनहरु निर्माणको जिम्मा पन्चकन्या ग्रुरुपले लिएको थियो । स्वास्थ्य समस्याले आक्रान्त वनेका जाजरकोट पश्चिम भेकका साथै दैलेख र
जुम्लाका जनताका लागि ६ करोड ब्यक्तिगत खर्चमा अस्पताल वनाउन तम्सिएका
शाहको वाचा पुरा भएको छेडागाड ८, का स्थानीय खड्क विसीले बताउनु भयो ।

अस्पतालको भौतिक स्वरुप तयार भइसकेको र सेवा प्रवाहको कार्य बाकी रहेको छ । अस्पतालबाट यहाँका ८० हजार स्थानीयलाई स्वास्थ्य सेवा पाउन सहज हुने विसीको
भनाई छ ।

दुर्गम गाउ वडावनमा सुविधा सम्पन्न अस्पताल सन्चालनमा आएपछि विभिन्न स्वास्थ्य समस्यावाट आक्रान्त हुने गरेका जनताले ठुलो राहत पाउने वडा अध्यक्ष महेन्द्रबहादुर शाहीले बताउनु भयो । राजीव विक्रम शाहले वडावनमा
व्यक्तिगत खर्चमा २५ शैयाको अस्पताल वनाएर सह्रानिय काम गरेको वडा अध्यक्ष शाहीको भनाइ छ ।

जनताका लागि सरकारले गर्न नसकेको कार्य राजीवले गरेर देखाएका छन । समाज
सेवा मार्फत राजनीतिमा आएका शाहले २०७० सालको दोस्रो संविधान सभाको चुनावमा जाजरकोट क्षेत्र नम्वर २ वाट चुनाव जितेका थिए । कांग्रेसका उम्मेदवार शाहले २०७४ सालको संघीय संसदको निर्वाचनका वेला जाजरकोटी जनताको लागि व्यक्तिगत पहल र लगानीमा अस्पताल वनाउछु भनेर घोषणा गरेका थिए । शाहको उक्त घोषणलाई विपक्षीले विश्वास गरेका थिएनन् ।

विपक्षीले शाहको घोषणलाई झुटको खेती र भोट फुत्क्याउने चाल भनेर प्रतिक्रिया दिएका थिए । पुख्र्यौली घर जाजरकोट भएका शाह वाम गठवन्धनका उम्मेदवार हालका वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतस“ग उक्त चुनावमा परजय भएका थिए ।

शाहले आफना पुर्खाको जन्मथलोका लागि केहि गरेर छोड्ने वाचा पटक पटक गर्दै आएका थिए । चुनाव जित्ने हार्नेसंग अस्पतालको कुनै सम्वन्ध नरहेको शाह बताउछन् । चुनाव जितेर पनि आफुले जनतासंग गरेको वाचा पुरा नगर्ने नेताको भीडमा नेता राजीवविक्रम शाह फरक वन्न
पुगेका छन् ।