शेयर बजारमा गिरावट

काठमाडौँ, मङ्सिर ६ । आज धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य विन्दुले कमी आएको छ ।

कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले ओरालो लागेर एक हजार १८१ दशमलव ४१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

आज कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका दश उपसमूह मध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयरमा कमी आएको छ ।

बैंकिङ समूह दुई दशमलव ६२, विकास बैंक दुई दशमलव २९, माइक्रोफाइनान्स छ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले ओरालो लागेको छ ।

यस्तै होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन छ दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले उकालो लागेको छ ।